Now Reading:
धादिङ र काभ्रे जिल्लामा एम्बुलेन्स सेवा सहयोेगार्थ सांगीतिक कार्यक्रम हुने
Full Article 1 minutes read

धादिङ र काभ्रे जिल्लामा एम्बुलेन्स सेवा सहयोेगार्थ सांगीतिक कार्यक्रम हुने

Ridam_sanjha

भदौ १३, काठमाढडौं । प्रदेश नं ३ एकता समाज दक्षिण कोरिया  अन्तरगत धादिङ र काभ्रे जिल्लामा एम्बुलेन्स सेवा पुर्‍याउन कोरियाको राजधानी सिओलमा भब्य कन्सर्ट गरिने भएको छ ।

जिल्लाका विकट स्थानमा एम्बुलेन्स सेवा पुर्‍याउन धादिङ समाज दक्षिण कोरिया र काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले आगामी सेप्टेम्बर २४ सोमबारका दिन संयुक्त रुपमा बृहत “लाइभ रिदम कन्सर्ट एवं सांगीतिक कार्यक्रम २०१८ ” को आयोजना गर्न लागेको  हो ।

सो जानकारी कोरियाको राजधानी सउलमा पत्रकार सम्मेलन गरि धादिङ समाजका अध्यक्ष एवंकार्यक्रम संयोजक सन्तोष अधिकारी तथा काभ्रे सम्पर्क समितिका अध्यक्ष एवं कार्यक्रम संयोजक सिताराम तिमिल्सिनाले गराएका हुन् ।

कोरियाको महान पर्व ‘छुसक’को अवसर पारेर आयोजना गरिने कार्यक्रममा नेपालबाट आउने ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । कार्यक्रममा गायक दीपक बज्राचार्यको ‘रिदम ब्याण्ड’, नव गायीका पूर्णीमा लामा, लोकप्रिय दोहोरि गाईका एवं जेरिवाचक बबिता बाँनिया ‘जेरी’, हटमोडल अञ्जली अधिकारी, लोकप्रय हास्यटेलि सिरियलकि नायिका तथा मोडल रक्षा श्रेष्ठ र चर्चित हास्यकलाकार राजा राजेन्द्र पोखरेल लगायतका कलाकारहरूको साथै स्थानीय कलाकार हरूको प्रस्तुति रहने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.