Now Reading:
उद्योगमा लगानी बढ्दै
Full Article 2 minutes read

उद्योगमा लगानी बढ्दै

Nepali_amount_2

भदौ १२, धनगढी । कैलालीमा आर्थिक वर्ष २०७४/७५ मा दर्ता भएका ९०३ नयाँ उद्योगमा एक अर्ब ३८ करोड रुपियाँमा लगानीको प्रस्ताव गरिएको छ ।

दर्ता भएकामध्ये साना उद्योगमा रु एक अर्ब पाँच करोड र लघु उद्योगमा ३३ करोड रुपियाँ लगानीको प्रस्ताव गरिएको छ । साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालू पूँजी ३७ करोड रुपियाँ रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालू पूँजी १२ करोड रुपियाँ रहेको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दीलीप चन्दका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादन मूलक १९२, कृषि सम्बन्धी २९६, पर्यटन सम्बन्धी नौ तथा लघु ७७ नयाँ उद्योग दर्ता भएका छन् ।

वार्षिक उत्पादन क्षमता करीब सात अर्ब रुपियाँ रहेका यी नयाँ उद्योगबाट चार हजार ६२ पुरुष र १८४ महिलाले रोजगारी पाउने चन्दले बताउनुभयो । आव २०७३/७४ मा दर्ता भएका ८९० उद्योगमा रु एक अर्ब तीन करोड लगानीको प्रस्ताव गरिएको थियो । कार्यालयले आव २०७४/७५ मा ४३० उद्योगको नवीकरण तथा ५८ उद्योगको लगत कट्टा गरेको छ ।

बैंकबाट ऋण तथा विभिन्न निकायबाट अनुदान लिने प्रयोजनका लागि उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्दै गएको चन्द बताए । घरेलु तथा साना उद्योग कार्यालयमा हालसम्म साना उद्योग ६ हजार ११० र लघु उद्योग २५३ दर्ता भएका छन् । यी उद्योगले झण्डै ४५ हजार व्यक्तिलाई रोजगारी दिएको छ । उत्पादन क्षमता झण्डै ३३ अर्ब रुपियाँ रहेका यी उद्योगको कूल लगानी प्रस्ताव सात अर्ब २१ करोड रुपियाँ रहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.