Now Reading:
देउवा – पौडेल बिच भागबण्डा नमिल्दा आजको बैठक स्थगित
Full Article 50 second read

देउवा – पौडेल बिच भागबण्डा नमिल्दा आजको बैठक स्थगित

भदौ २१, काठमाडौं । आज बस्ने भनिएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । अब बैठक एक हप्ता पछि मात्रै बस्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बिच अनुशासन र कार्य सम्पादन समिति गठनमा सहमति जुट्न नसक्दा आजको बैठक सारिएको हो ।

पछिल्लो समय वरिष्ठ नेता पौडेलले सभापति देउवाले आफ्नो पक्षलाई पेल्दै गएको आरोप लगाएका छन् । पार्टीका विभिन्न विभागमा सभापति देउवाले एकलौटी पदाधिकारी मनोनित गर्न लागेको भन्दै नेता पौडेलले आक्रोश पोख्दै आएका छन् ।

पार्टीको अनुशासन समिति र कार्य सम्पादन समिति गठनका लागि आज बिहान ११ बजेका लागि डाकिएको बैठक २८ गतेका लागि सारिएको हो। शीर्ष नेताहरू काठमाडौं बाहिर भएकोले आजको बैठक स्थगित गरिएको एक नेताले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.