Now Reading:
निर्मला हत्या प्रकरणमा राष्ट्रपति भण्डारी किन चुप : अधिकारकर्मी
Full Article 2 minutes read

निर्मला हत्या प्रकरणमा राष्ट्रपति भण्डारी किन चुप : अधिकारकर्मी

President

भदौ २८, काठमाडौं । महिला अधिकारकर्मीहरुले निर्मला पन्त हत्या प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारी अहिलेसम्म चुप लागेर बसेकोमा आपत्ति प्रकट गरेका छन्। बिहीबार रिपोर्टर्स क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले बलात्कारपछि हत्याको घटनामा सिंगो देश दुखेकोबेला महिला भएर पनि अहिलेसम्म राष्ट्रपतिको मौनता ठीक नभएको बताए ।

अधिकारकर्मी शारदा चन्दले प्रश्न गर्नुभयो, ‘सरकारका निकाय अपराधी जोगाउने प्रयासमा लागेका छन्, बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानको माग गरेर सिंगो मुलुक आन्दोलनमा छ, प्रधानमन्त्रीले झुटो अभिव्यक्ति दिइरहेका छन्, यो बेला राष्ट्रपतिको मौनता किन कारण के हो? ’

उहाँले बाहिर सुन्नमा आएजस्तै बलात्कारपछिको हत्यारो साँच्चिकै शक्तिशाली त होइन भनेर प्रश्न गर्नुभयो र भन्नुभयो को हो त्यो शक्तिशाली बलात्कारी जसले सिंगो सरकारलाई धर्मराइरहेको छ? के त्यसलाई कारबाही गर्दा सरकार गुल्टिन्छर? कि पार्टी सखाप हुन्छ? यदि त्यो हो भने राष्ट्रपति, प्रधानमन्त्री र गृह मन्त्रीहरुले हामीलाई भनिदिनुपर्‍यो, हामी कारबाही गर्न सक्दैनौँ, तपाईँहरु जिल्ला जानुस् भनेर होइन भने बलात्कारी र हत्यारा पक्रन किन ढिलाइ?’

कञ्चनपुरबाटै आएकी अर्की अधिकारकर्मी माया नेगीले भन्नुभयो, ‘एउटा व्यक्ति बचाउन सिंगो सरकार लाग्नेरु किन प्रमाण नष्ट गर्ने प्रहरीलाई अहिलेसम्म नपक्रेको?’ उहाँले प्रधानमन्त्रीले हत्यापछिको आन्दोलनको घटनामा प्रधानमन्त्रीले मेयरको घरको आँगनमा निर्मलाको शव राखेर झुटो बोलेको बताउनुभयो।

‘किन प्रधानमन्त्रीले जनतासँग झुटो बोन्ने? हामीले निर्मलाको घरमा त उनको शव लग्न पाएनौँ अनि मेयरको घरमा लग्यो भनेर प्रधानमन्त्रीले झुटो बोल्ने?’ किन कञ्चनपुरका जनता माथि प्रधानमन्त्री अनुदार भन्दै उहाँले प्रश्न गर्नुभयो, प्रधानमन्त्रीज्यू हामी तपाईका जनता हौँ कि मोदीका हामीलाई अमानवीय व्यवहार किन?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.