Now Reading:
प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथा काठमाण्डु’ बिवादमा । (हेर्नुहोस के भन्छन्, प्रमोद अग्रहरी)
Full Article 2 minutes read

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथा काठमाण्डु’ बिवादमा । (हेर्नुहोस के भन्छन्, प्रमोद अग्रहरी)

भदौ २८, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले फिल्मी करिअरमै सबैभन्दा उत्तेजक दृश्य दिएको ‘कथा काठमान्डु’ उत्तेजक प्रोमोका कारण झन्झटमा फँसेको छ । फिल्म निर्माण पक्षले वयस्कको प्रमाण पत्र सहित सिन नकाटिने आशा राखेका छन् । तर, उक्त अभिलाषा अघि नै प्रोमोमा बन्देज लगाउने प्रक्रियाले फिल्म झन्झटमा फँसेको हो ।

चलचित्र ‘कथा काठमाण्डु’को प्रोमो अश्लिल भएको भन्दै चलचित्र विकास बोर्डले यूट्युबबाट हटाउन निर्देशन दिएको थियो । बोर्डले भनेको छ, ‘सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले हटाउन निर्देशन दीएको हो ।’ फिल्म १२ असोजमा रिलिजको तयारीमा छ । अन्य युट्युब च्यानल मार्फत अपलोड गरिएको र स्वयम् च्यानलको व्यक्तिले आफ्नै किसिमले मिक्सिङ गरिएको भिडियोलाई आधार मान्दै कारवाही समेत गर्न सकिने गरि बोर्डले पत्र लेखेको हो ।

प्रियंका कार्की, प्रमोद अग्रहरी आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको अभिनय छ । फिल्मको प्रमोशनका लागि राखिएको उक्त सिनहरू तत्काल हटाउनका लागि चलचित्र विकास बोर्डले निर्माण कम्पनीलाई मात्र होइन, सूचना प्रविधि मन्त्रालय लाई समेत पत्र लेखी उक्त सिन हटाउन भनेक निर्देसन दिएको हो । फिल्म सेन्सर बोर्डमा पुगेपछि सिन काटिने पक्का छ । इन्दिरा जोशीको स्वरमा रहेको गीतमा राखिएको उत्तेजक सिनका कारण चर्चा र विवादमा तानिएको फिल्मको ट्रेलरमा प्रमोद अग्रहरीसँग कार्कीको यौनजन्य कार्यकलाप भएको सिनलाई प्राथमिकतामा राखिएको छ ।
(भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.