Now Reading:
क्रिकेट: नेपाल भारतसँग पराजित
Full Article 1 minutes read

क्रिकेट: नेपाल भारतसँग पराजित

under_19_nepali_cirket_team

भदौ २९, काठमाडौं । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपालको यू–१९ टोली भारतको यू–१९ ‘ए’सँग पराजित भएको छ ।

लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल आठ विकेटले हारेको हो । टस जितेर ब्याटिङ गर्दै नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर १५६ रन बनाएको थियो । एक सय ५७ रनको विजयी लक्ष्य भारतले २४ दशमलव १ ओभरमा दुई विकेट गुमाएर पुरा ग¥यो ।

भारतका लागि वाईभि राथोडले अविजित ५९ रन तथा प्रभासिमरन सिंहले अविजित ४६ रनको योगदान दिनुभयो । कप्तान अनुज रावतले ४७ रन बनाउनुभयो । बलिङवर्फ नेपालका लागि कमलसिंह ऐरी र पवन सर्राफले एक/एक विकेट लिनुभयो ।

त्यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रनको योगदान दिए । उनले ९३ बल खेल्दै एक छक्का र पाँच चौका हान्नुभयो । तृतराज दासले ४६ तथा भीम सार्कीले २८ रन बनाउनुभयो । बलिङतर्फ भारतका वाईडी मङवानी र अजयदेव गौडले चार(चार विकेट लिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.