Now Reading:
“मेयरको राजीनामा अफवाह मात्र”
Full Article 40 second read

“मेयरको राजीनामा अफवाह मात्र”

Mayor of Birgunj

भदौ २९, वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पार्टीबाट राजीनामा दिएको कुरा हल्लामात्र भएको बताइएको छ । संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य मेयर सरावगीले पार्टीमा उचित सम्मान र आवश्यक सहयोग प्राप्त नभएको भन्दै राजीनामा दिनुभएको समाचार आइरहँदा स्थानीय नेताहरुले भने त्यसको खण्डन गरेका छन् ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष समेत रहनुभएका सांसद प्रदीप यादवले मेयरको राजीनामा बारे आफूलाई कुनै जानकारी नरहेको बताउनुभयो । ‘राजीनामा दिएको कुनै पत्र पार्टी कार्यालयमा प्राप्त भएको छैन्’ उहाँले भन्नुभयो, ‘पार्टीबाट राजीनामा दिएको पत्र प्राप्त भएपछि मात्र प्रतिकृया दिन मिल्छ ।’

स्थानीय तहको चुनाव हुनुभन्दा केही अगाडि मात्र सरावगी उद्योगी व्यवसायी सहित फोरममा प्रवेश गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.