Now Reading:
मर्मतपछि निगमको वाइड बडी जहाज पुनः उडानमा
Full Article 1 minutes read

मर्मतपछि निगमको वाइड बडी जहाज पुनः उडानमा

Nepal_air_force_corporation

भदौ ३१, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो (वाइड बडी) साइजको जहाज मर्मतपछि पुनः उडानमा फर्किएको छ । यो जहाज भदौ २९ देखि दुई दिनसम्ममा ‘ग्राउन्डेड’ भएको जनाइएको छ ।

व्यावसायिक उडान थालेको २१ औं दिनमै कार्गो (लगेज, ब्यागेजलगायत सामान) राख्ने ढोका कुच्चिएको भेटिएपछि गत बिहीबार दिउँसोबाट २ सय ७४ सिट क्षमतायुक्त ‘ए३३०–२००’ सिरिजको उक्त जहाज ग्राउन्डेड गरिएको थियो ।

यो जहाजमा भएको घटनाबारे निगमले एयरबसलाई इमेलमार्फत तस्बिरसहित जानकारी गराए पछि र मर्मत गरेर उडाउने अनुमति मागेको थियो । एयरबसले निगमबाट प्राप्त जानकारी अध्ययन गरेपछि मर्मत गरी जहाज उडाउन अनुमति दिएको थियो ।

निगमको यो दोस्रो वाइड बडी जहाज गत साउन १० गते फ्रान्सको टुलुसस्थित एयरबसको कारखानाबाट सिधा ९ घन्टा उडेर काठमाडौं आएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवश्यक प्रक्रिया पूरा गरेर भदौ ८ गतेबाट व्यावसायिक उडान सुरु गरेको हो ।

अन्तर्राष्ट्रिय उडान गर्न निगमसँग हाल २ सय ७४ सिट क्षमतायुक्त दुईथान ‘ए३३०–२००’, १ सय ५८ सिटे दुइटा ‘ए३२०–२००’, र १ सय ९० सिटे एकथान ‘बि७५७–२००’ जहाज रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.