Now Reading:
मिर्गौला पीडितलाई एक लाख सहयोग
Full Article 40 second read

मिर्गौला पीडितलाई एक लाख सहयोग

भदौ ३१, नवलपुर । दुबै मिर्गौला फेल भई उपचाररत रहेका नवलपुरका एक युवालाई नवलपुर समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ। गैंडाकोट नगरपालिका ६ का ३३ बर्षीय शक्ति प्रसाद चालिसेको उपचारका लागि समाजले रकम संकलन गरी आर्थिक सहयोग गरेको हो।

समाजका सल्लाहकार देवेन्द्र पुन मगरको सक्रियतामा १ लाख ७ हजार पाँच सय ८५ रुपैयाँ संकलन गरी पीडित चालिसेको बैंक खातामा रकम पठाईएको समाजका अध्यक्ष जयभद्र सापकोटाले जानकारी दिनुभयो । आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि चालिसेको उपचारमा थोरै मात्र भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरी पठाइएको सापकोटाले बताए। पीडित चालिसेको राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौंमा उपचार भइरहेको छ। हाल डायलाईसिस गराई रहेका चालिसेको मिर्गौला प्रत्यारोपणका लागि अन्य मुलुकहरुमा समेत सहयोग सकंलन भइरहेको सापकोटाले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.