Now Reading:
नक्कली पेस्तोल र लागुऔषधसहित ३ जना पक्राउ
Full Article 40 second read

नक्कली पेस्तोल र लागुऔषधसहित ३ जना पक्राउ

असोज १, काठमाण्डौ । प्रहरीले बौद्धबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र नक्कली पेस्तोलसहित तीनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धका प्रहरी निरीक्षक भुपेन्द्र गिरीको कमाण्डमा रहेको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ईलाम माई नगरपालिका–४ का २३ वर्षीय सञ्जय समाल (मगर), मोरङ पथरी नगरपालिका–५ का २४ वर्षीय सन्तोष लिम्बू र झापा शिव सताक्षी नगरपालिका–३ का २४ वर्षीय युगेश राई रहेका छन् ।

उनीहरुको साथबाट ३० ग्राम लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर), एउटा नक्कली पेस्तोल र २० हजार १ सय नगद बरामद भएको गिरीले जानकारी दिनुभयो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.