Now Reading:
कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न अर्थमन्त्रीको निर्देशन
Full Article 40 second read

कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न अर्थमन्त्रीको निर्देशन

Dr. Yuvraj Khatiwada

काठमाडौं, १ असोज । अर्थमन्त्री डा. युवराज खतिवडाले कर प्रशासनका कर्मचारीलाई निष्ठापूर्वक काम गर्न निर्देशन दिनुभएको छ ।

अर्थमन्त्री खतिवडाले कर असुलीमा कसैले औँला ठड्याउन नपर्ने गरी काम गर्न कर प्रशासनका कर्मचारीलाई सचेत गराउनु भएको हो । काठमाडौंमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले कर प्रणालीलाई लगानीमैत्री बनाएर करको दायरा बढाउन सरकार सजग र सचेत रहन आग्रह गर्नुभएको हो ।

मन्त्रीपरिषदको गत असार २० गतेको निर्णयपछि सरकारले मध्यम स्तरीय करदाता कार्यालय स्थापना गर्न सुरु गरेको छ । २५ देखि ८० करोडसम्म कारोबार गर्ने व्यवसायीहरुको कर असुली गर्ने अधिकार मध्यमस्तरीय करदाता कार्यालयलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.