Now Reading:
नेसनल लाईफ इन्स्योरेन्सको राष्ट्रिय भेला सम्पन्न
Full Article 50 second read

नेसनल लाईफ इन्स्योरेन्सको राष्ट्रिय भेला सम्पन्न

sadasya_samman

असोज २, काठमाडौं । नेसनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत वरिष्ठ अभिकर्ताको लागि ३ दिने राष्ट्रिय भेला आयोजना गरेको छ । चितवनमा सम्पन्न भेलामा करिब २ सय ५० जना अभिकर्ताको सहभागिता रहेको थियो ।

भेलामा उपस्थित प्रमाण पत्र वितरण गरिनुका साथै आव २०७४–७५ मा उत्कृष्ट व्यवसाय गर्ने नेपालगञ्ज शाखामा कार्यरत विजय कुमार पाठक, शंकर लामिछाने, गंगा कुमारी शर्मा, तुल्सी थापा, तिनकुने शाखामा कार्यरत अर्जुन घिमिरे तथा पाल्पा शाखामा कार्यरत संगिता भट्टराईलाई नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।

यसैगरी कम्पनीको सामाजिक उत्तरदायित्व बहन अन्तर्गत असहाय तथा विपन्न परिवारका बालिकाको शिक्षामा सहज पहुँच पुर्याउने उद्देश्यले बालिका शिक्षा योजना कार्यक्रम लागू गरिएको र सो अनुसार दैलेख, बुटवल, हेटौंडा, राजविराज, बाग्लुङ र चितवनका ६ जना विपन्न वर्गका बालिकालाई कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले छात्रावृत्ति रकम हस्तान्तरण गरे । कार्यक्रममा भारतबाट आएका वरिष्ठ प्रशिक्षक दिपक जोशीले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.