Now Reading:
संविधानको लक्ष्य समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु हो: राष्ट्रपति
Full Article 2 minutes read

संविधानको लक्ष्य समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु हो: राष्ट्रपति

असोज ३, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।

सामाजिक आर्थिक विकास लाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावना लाई गहिरोसँग आत्मसात् गर्न उहाँले जनप्रतिनिधि मूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक लाई अपिल समेत गर्नुभएको छ । ‘सामाजिक आर्थिक विकास लाई गति प्रदान गर्ने संविधानको महत्वपूर्ण भावना लाई गहिरोसँग आत्मसात् गर्दै सबै जनप्रतिनिधि मूलक संस्था, राजनीतिक दल, राज्यका सबै अङ्ग र आम नागरिक क्रियाशील हुनु सामयिक आवश्यकता हो भन्ने मलाई लागेको छ’, संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणाली लाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको समेत बताउनु भएको छ । संविधान जारी भएको आजको दिनले सबै लाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न प्रेरणासहित अठोट जागृत गर्न सफलता प्राप्त हुने अपेक्षा समेत राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमा व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधान दिवसका अवसरमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव र सहकार्य कायम हुन सकोस् भन्ने कामना समेत गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.