Now Reading:
अख्तियारको प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत
Full Article 30 second read

अख्तियारको प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत

Nabin_Kumar__Ghimire

असोज ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरे सर्वसम्मत नियुक्त हुनुभएको छ ।

संसदीय सुनुवाइ विशेष समितिको आजको बैठकले  घिमिरेलाई सर्वसम्मत रुपमा नियुक्त गरेको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

संसदीय सुनुवाइ समितिमा घिमिरेले आफ्नो कार्यकालमा अख्तियारलाई कसरी अघि बढाउने भन्नेबारेको कार्ययोजना पेश गर्नुका साथै सांसदका प्रश्नको जवाफ दिनुभएको थियो । संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यवाहक प्रमुख आयुक्तका रुपमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.