Now Reading:
संघीय कानून संशोधन गरेर भएपनि करमा देखिएको अन्योलता हटाइन्छ : अर्थ मन्त्री डा. खतिवडा
Full Article 50 second read

संघीय कानून संशोधन गरेर भएपनि करमा देखिएको अन्योलता हटाइन्छ : अर्थ मन्त्री डा. खतिवडा

Dr. Yuvraj Khatiwada

असोज ८, नवलपरासी । अर्थ मन्त्री डा. युवराज खतिवडाले कानून संशोधन गरेर भए पनि करका विषयमा देखिएका अन्योलता समाधान गरिने बताउनुभएको छ ।

छोटी भन्सारबाट मूल भन्सारका रुपमा स्तरोन्नति भएको पश्चिम नवलपरासीको महेशपुर भन्सारको उद्घाटन गर्दै अर्थ मन्त्री डा. खतिवडाले संघ, प्रदेश र स्थानीय तहका बीचमा कुनकुन शीर्षकमा र कसरी कर लिने भन्ने अन्योलता कम गर्न सरकार तयार रहेको बताउँदै आवश्यकता अनुसार नयाँ कानूनसमेत निर्माण गरिने जानकारी दिनुभयो । नागरिकको क्षमता हेरेर मात्र कर लगाउन पनि स्थानीय तहलाई उहाँको आग्रह थियो ।

कतिपय नागरिकको सम्पत्ति धेरै जस्तो देखिए पनि त्यसबाट आयआर्जन नहुने वा कृषि प्रयोजनमा मात्र प्रयोग भइरहेको सन्दर्भमा असान्दर्भिक कर लगाउनु उपयुक्त नहुने उहाँको भनाइ थियो ।

अर्थ मन्त्री डा. खतिवडाले करको दायरा फराकिलो बनाउन सरकारले छोटी भन्सारलाई मूल भन्सारमा स्तरोन्नति गर्ने, विस्थापित भएका भन्सारलाई पुनःस्थापना गर्ने तथा करदाता कार्यालयसमेत स्थापनामा जोड दिइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.