Now Reading:
आइतबार देखि सुनको भाउ स्थिर
Full Article 50 second read

आइतबार देखि सुनको भाउ स्थिर

gold

असोज ८, काठमाडौं । आइतबारदेखि नै सुनको भाउ स्थिर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ नबढ्दा नेपाली बजारमा पनि स्थिर भएको हो । सोमबार फाइन गोल्ड प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोवार भएको छ ।

तेजावी सुनको मुल्य ५७ हजार ८ सय रुपैयाँमा विक्रिवितरण भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी प्रति तोला ७ सय २० रुपैयाँमा कारोवार भएको महासंघको भनाई छ । महासंघले प्रति दश ग्राम फाइन गोल्डको मूल्य ४९ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने तेजावी सुनको मूल्य ४९ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ । चाँदीको भने प्रति दशग्राम ६ सय १७ रुपैयाँ पचास पैसा तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाऊ केही दिन देखि स्थिर रहदा सुन चाँदी मूल्य पनि पनि स्थिर भएको सुन चाँदी व्यावसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.