Now Reading:
अध्यक्ष ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि आज सिंगापुर जाँदै
Full Article 30 second read

अध्यक्ष ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि आज सिंगापुर जाँदै

Prachanda_

असोज १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई लिएर पुनस् स्वास्थ परीक्षणको लागि सिंगापुर जाने बताईएको छ ।

पत्नी सीतालार्इ लिएर ‘प्रचण्ड’ आज साँझ सिंगापुर जाने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । ‘प्रचण्ड’को साथमा छोरी गंगा र भतिज समिर दाहाल पनि जानुहुने छ ।

गत असारमा सीताको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराइएको थियो । उक्त समय सिङ्गापुरको स्वीमिङ पूलमा वाटरथेरापी र चिकित्सकको सुझावअनुसारको औषधि सेवनले उनको स्वास्थ्यमा केही सुधार आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.