Now Reading:
शुक्रबार बाट ३ नयाँ नेपाली चलचित्र प्रदर्शनमा
Full Article 2 minutes read

शुक्रबार बाट ३ नयाँ नेपाली चलचित्र प्रदर्शनमा

three flim

असोज १२, काठमाडौं । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबार बाट ३ नयाँ नेपाली चलचित्र प्रदर्शनमा आए । ति हुन् ‘कथा काठमाडौँ’, ‘अनुराग’, ‘छिरिङ’ । यी सबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएको हो। यद्यपी देशभरका चलचित्र भवन यी ३ चलचित्रले मात्र पाउने छैन । अघिल्लो साता रिलिज भएका मध्य ‘इन्टु मिन्टु लन्डनमा’ चलचित्रले पनि केही स्टेशन अझै कब्जा गरेको छ ।

‘छिरिङ’
गायक यस कुमार निर्देशित ‘छिरिङ’ फेमिली ड्रामामा आधारित छ । निमा रुम्बा, कामना भुजेल तथा निर्देशक स्वयम् चलचित्रको मुख्य कलाकारको भूमिकामा छन् । चलचित्रले आर्य र मङ्गोल समुदायको द्वन्द्वको कथा समेटेको निर्देशक यश कुमारले बताउनु भयो। ‘छिरिङ’ मार्फत गायक निमा रुम्बा एक दशकपछि ठूलो पर्दामा फर्किर्नु भएको छ।

‘कथा काठमाडौं

संगीता श्रेष्ठले निर्देशन गरेको ‘कथा काठमाडौं’ लाईफ स्टाईल र क्राईम जनरामा बनेको छ । अन्तरंग दृश्यका कारण चर्चा र बिवादमा रहन सफल यो चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, अयुष्मान देशराज जोशी, सन्ध्या केसी, संजोग कोइराला लगायतको अभिनय देख्न सकिन्छ । निर्देशक संगीता आफैले चलचित्र लेख्नु भएको हो। विजय राईको निर्माणमा तयार भएको यो चलचित्र तीन भिन्नभिन्न कथालाई बुनेर निर्माण गरिएको हो । अष्ट महर्जनको द्वन्द्व रहेको चलचित्रमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत दिनु भएको छ ।

‘अनुराग

सत्यराज चौलागाईको निर्देशन रहेको चलचित्र ‘अनुराग’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको छ । एलिजा गौतम, समुन्द्र पण्डित, सरोज खनाल, राजाराम पौडेल, रुपा राना, विश्व बस्नेत, शिशिर राणा, मोहन निरौला लगायत कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ । पत्रकार ऋषीराज धमलाले यसलाई निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.