Now Reading:
काठमाण्डौमा तराई–काठमाण्डौ बिद्यार्थी परिषद गठन
Full Article 2 minutes read

काठमाण्डौमा तराई–काठमाण्डौ बिद्यार्थी परिषद गठन

असोज १३, काठमाण्डौ  ।  तराईबाट आएर काठमाण्डौमा अध्ययन गरीरहेका विद्यार्थीहरु संगठीत भएका छन् । काठमाण्डौमा शनिबार भएको एक भेलाले तराई–काठमाण्डौ बिद्यार्थी परिषद् गठन गरेको हो । भेलाले पर्सा जिल्लाका रुपक पटेलको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिती चयन गरेको छ ।

काठमाण्डौमा रहेका तराईका बिद्यार्थीहरुको सेवाको लागि परिषद गठन गरीएको नवगठित समितीका अध्यक्षले जानकारी दिनुभयो । ‘तराईका जिल्लाबाट काठमाण्डौ आएर पढ्ने बिद्यार्थीहरु उल्लेख्य छन्,’ उहाँले भन्नुभयो – ‘उनीहरुकै हितमा काम गर्नका लागि परिषद गठन भएको हो ।’ बिद्यार्थीहरुको यो समुह आवश्यकता परेको खण्डमा अन्य सामाजिक कार्यमा पनि सकृय हुने अध्यक्ष पटेलले बताउनुभयो ।

परिषदका संरक्षक तथा सल्लाहकार सुदिपचन्द्र बख्रेलले बिद्यार्थीहरुले आफ्नो उर्जा समाज परीवर्तनका लागि खर्च गर्नुपर्ने बताउनुभयो । ‘बिद्यार्थी भनेकै समाजका खम्बा हुन्,’ उहाँले भन्नुभयो – ‘विद्यार्थीहरु यसरी संगठित हुँदा समाज बलियो हुन्छ ।’ परिषदले आगामी दिन समाजका लागि उल्लेखनिय योगदान दिने बख्रेलले आशा व्यक्त गर्नुभयो ।

यसैगरी परिषदका अर्का सल्लाहकार तथा संरक्षक सुरज खनालले तराईका बिद्यार्थीहरु संगठीत हुनुलाई सकरात्मक कार्यको थालनीको रुपमा व्याख्या गर्नुभयो । ‘घरबाट टाढा आएर अध्ययन गरीरहेका बिद्यार्थीहरुका विविध समस्या हुन्छन्’ उहाँले भन्नुभयो – ‘यसरी संगठीत भएर अघि बढ्दा बिद्यार्थीहरु आँफै हरेक किसीमका समस्याको सामना गर्न सक्षम हुन्छन् ।’ भेलाको सहजीकरण गर्दै खनालले यसले समाजलाई नै सहि दिशातर्फ अघि बढाउने बिस्वास व्यक्त गर्नुभयो ।

यसैविच परिषदले स्वच्छ नेपाल अभियानको पनि थालनी गर्ने भएको छ । काठमाण्डौबाट शुरु हुने यो अभियानलाई तराईका जिल्ला हुदै देशव्यापी बनाउने लक्ष्य सहित योजना निर्माण भएको अध्यक्ष पटेलले जानकारी दिनुभयो ।

समितीको उपाध्यक्षमा ओम जी गुप्ता, सचिवमा रेयान यादव, सहसचिवमा निकी पटेल, कोषाध्यक्षमा दिव्या ठाकुरल, सह कोषाध्यक्षमा रौनक सिंह, सदस्यहरुमा उदिप गुप्ता, रामशंकर साह, अमन गुप्ता, आरोहि साह, सोहेव अंसारी, जौवाद हुसैन अंसारी उमेश प्रसाद गुप्ता रहेका छन् ।

1 comment

  • omji prasad sah

    Dherai dherai badhai xa Rupak daju lai !
    Aaja bata uchha pragati ko laagi kaaman !
    Jay Terai !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.