Now Reading:
२ करोड रुपियाँको चिनियाँ मदिरा नष्ट
Full Article 30 second read

२ करोड रुपियाँको चिनियाँ मदिरा नष्ट

chiniya madhira

असोज१५, हुम्ला । चीनबाट अवैध रुपमा नेपाल भित्रियाइएको एक करोड ८४ लाख ८ हजार मूल्य बराबरका चिनियाँ मदिरा झिनी प्रहरीले नष्ट गरेको छ ।

जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाहरुबाट अवैध रुपमा भित्रिएको उक्त मूल्य बराबरका चिनियाँ मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय, हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिनुभयो । गएको भदौ १ गतेदेखि अहिलेसम्म तीन हजार ६८ कार्टुन चिनियाँ मदिरा झिनी, दुई पेटी क्यान बियर, ५० केजी चिनियाँ मर्चा र पाँच लिटर घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.