Now Reading:
ठुलिआमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ
Full Article 30 second read

ठुलिआमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

balatkar

असोज १६,पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले करणी गरेको आरोपमा रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका एक युवकलाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी डर त्रासमा पारी नातेदार आमा पर्नेलाई जबरजस्ती गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले आफ्नै छिमेकी ठुलीआमा पर्नेलाई करणी गरेको भनिएकाले पक्राउ गरिएको जानकारी दिनुभयो । आरोपित ब्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ पर्नेको नाम भने सार्वजनिक गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.