Now Reading:
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत अवस्थामा फेला
Full Article 40 second read

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ मृत अवस्थामा फेला

tiger

असोज १७, बर्दिया । पूर्वचिसापानी पश्चिम राजमार्गको निकुञ्जभित्र पर्ने चिसापानी पोष्ट नजिक बुधबार दिउँसो पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले जानकारी दिनुभयो ।

निकुञ्जभित्र राजमार्ग किनारमा गन्द आएपछि खोजी गर्दै जाँदा राजमार्गदेखि झण्डै ७ सय मिटरभित्र अन्दाजी १७ वर्षको भाले पाटेबाघ मृत अवस्थामा फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत दाहालले बताउनुभयो । पोष्टमार्टम गरी हेर्दा बाघ पूर्ण रुपमा सडिसकेकाले बुढो भएर कालगतिले एकहप्ता अघि मरेको हुन सक्ने बताइएको छ । हालै सार्वजनिक गरिएको बाघको नतिजा अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ रहेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.