Now Reading:
जापानले दियो नेपाललाई ३० करोड ८० लाख अनुदान
Full Article 50 second read

जापानले दियो नेपाललाई ३० करोड ८० लाख अनुदान

Nepal_Japan

असोज १९, काठमाडौं । जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गरिएको समझदारी पत्रमा अनुदान सहायता नेपालको विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत सैगोले नेपालको शैक्षिक क्षेत्रको विकास गरेर गरिबी निवारणको कार्यक्रमलाई प्रभावकारी बनाउन जापानले आर्थिक सहायता उपलब्ध गराएको बताउनुभयो । उहाँले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि जापान सरकार थप सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

जापानले नेपालको दिगो आर्थिक–सामाजिक विकासका लागि ‘जाइका’ मार्फत् विभिन्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.