Now Reading:
पुराना पार्टीको दिन गयो, अब विवेकशील आउँछः पार्टी संयोजक मिश्र
Full Article 1 minutes read

पुराना पार्टीको दिन गयो, अब विवेकशील आउँछः पार्टी संयोजक मिश्र

Coordinator_Rabindra_mishra

असोज २२, बुटवल । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले काठमाडौंमा महल र करोडका चिल्लो गाडी चढेर समाजवाद नआउने बताउनुभएको छ । उहाँले पुराना पार्टीहरुले सपना मात्रै बाँडेकाले उनीहरुको औचित्य समाप्त भएको बताउनुभयो ।

‘अहिलेको सरकारको कुरा गर्ने क्षमता छ, कल्पना बाँड्ने क्षमता छ’, सरकारबारे कडा स्वरमा बोल्नुहुँदै मिश्रले भन्नुभयो,ने, ‘देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शून्य छ ।’वर्तमान सरकारसँग समाजवादको कुनै नीति नै नभएको भन्दै मिश्रले प्रश्न तेर्स्याए– काठमाडौंको महल र डेढ करोडको गाडी चढेर समाजवाद आउँछ ?’ शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिस्ट र समाजवादी हुनै नसक्ने भन्दै उहाँले शब्दलाई खुकुलो र हल्का बनाएकोमा गुनासो पोख्नुभयो ।

पुराना दलहरुको नेतृत्व सबै हिसाबले विफल भएकाले औचित्य समाप्त भएको उहाँको तर्क छ । ‘पुराना दल सबै हिसाबले औचित्यहीन भइसकेका छन्’, मिश्रले नयाँ पार्टीको आवश्यकतामा जोड दिँदै भन्नुभयो ।

साझा विवेकशील पार्टी संगठन निर्माणमा आक्रामक ढंगले पेश भएको जानकारी दिँनुहुँदै उहाँले ३ महिने देशव्यापी अभियानले संगठन बलियो बनेको र आफ्नो पार्टी वैकल्पिक शक्तिका रुपमा अघि आउने दाबी गर्नुभयो ।

पुराना दलको सान्दर्भिकता सकिएकाले आफ्नो पार्टी देशकै बलियो शक्तिका रुपमा उदाउने संगठन विभाग प्रमुख मुमाराम खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.