Now Reading:
दशैंका लागि काठमाडौंमा हजारौँ खसीबोका भित्रिदै, सबैको नजर घोर्ले खसीमा !
Full Article 2 minutes read

दशैंका लागि काठमाडौंमा हजारौँ खसीबोका भित्रिदै, सबैको नजर घोर्ले खसीमा !

Goat_01

असोज २३, काठमाडौं । दशैं नजिकिएसँगै व्यासायीहरुले काठमाडौंमा दैनिक हजारौँ खसीबोका भित्राइरहेका छन् । राजधानीको खसी बजारहरुमा धेरै संख्यामा खसी बोका खरिद बिक्री हुँदै आएको छ ।

यस वर्ष दशैंका लागि झण्डै ८० प्रतिशत खसीबोका भारतबाटै आयत गवरएको छ । आन्तरिक उत्पादन नबढेपछि दशैंका लागि चाहिने खासी बोका भारतकै भर पर्नुपर्ने अवस्था देखिन्छ ।

यो समयमा चीनबाट पनि भेडाच्यांग्रा ल्याउने क्रम जारी छ । व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि २० प्रतिशत चौपाया मात्रै नेपालका आन्तरिक उत्पादन हुने गर्दछ भने बाँकी सबै भारत र चीनकै भर पर्नु पर्ने अवस्था छ ।

दशैंमा ठूलो मात्रामा मासुको माग बढ्ने भएकाले भारतबाट खसीबोका नल्याइ सुखै नहुने नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले बताउनुभयो । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर हुनुपरेको उहाँनको भनाइ छ । यसपटक दशैंमा झण्डै ५० हजार भन्दा बढीको संख्यामा खसीबोका तथा भेडाच्याङ्ग्रा आयात गरिँदैछ ।

Black_goat

मासुको अत्यधिक उपभोग गर्ने परम्पराका कारण अन्य समयको तुलनामा दशैंमा मासुका लागि चौपाया आयात अत्यधिक हुन्छ । नेपालमा वाषिर्क ३० अर्ब रुपियाँको मासु खपत हुन्छ ।

दशैंको समयमा उपत्यकामा मात्रै झण्डै ६५ हजार खसीबोका र भेडाच्यांग्राको माग हुने अनुमान गरिएको छ । हाल खसीबोकाको मासुको मूल्य प्रतिकिलो १ हजार रुपियाँ पर्दछ । कर बढेको कारण देखाउँदै व्यवसायीले बजार मूल्य दशैंअघि नै बढाइसकेका छन् । अझै मूल्य बढ्न सक्ने व्यवसायीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.