Now Reading:
रोयल्टी तिर्न ढिलाइ गरेपछि भुक्तानी रोक्न विद्युत विकासद्धारा प्राधिकरणलाई पत्रचार
Full Article 2 minutes read

रोयल्टी तिर्न ढिलाइ गरेपछि भुक्तानी रोक्न विद्युत विकासद्धारा प्राधिकरणलाई पत्रचार

Department of Electricity

असोज २३, काठमाडौं । विद्युत विकास विभागले लामो समयदेखि रोयल्टी नबुझाउने २ जलविद्युत कम्पनीको भुक्तानी रोक्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरिएको छ । विभागले युनिक हाइडल र सिवानी हाइड्रो पावर कम्पनीले पटक पटक ताकेता गर्दा पनि रोयल्टी नबुझाएपछि प्राधिकरणलाई सो भुक्तानी रोक्ने आसयको पत्र पठाएको हो ।

युनिक हाइडलले सिन्धुपाल्चोकमा निर्माण गरेको ४.२ मेगावाटको बराम्ची जलविद्युत केन्द्रबाट विद्युत उत्पादन भएको अवधिदेखि आजसम्म रोयल्टी नबुझाएको विभागले जानकारी दिएको छ । विभागका अनुसार निर्माण पूरा भई व्यसायिक उत्पादन सुरु भएपछिको विवरण पनि कम्पनीले बुझाएको छैन ।

विभागले पटक पटक पत्राचार गरेपनि विद्युत उत्पादन भएको मितिदेखि रोयल्टी भुक्तानी नगरेकाले कम्पनीले विद्युत बिक्री गर्ने आम्दानीको भुक्तानी रोक्न प्राधिकरणलाई पत्राचार गरिएको छ। १ मेगावाट क्षमतामा निर्माण गरिएको बराम्ची २०६७ सालमा क्षमता बढाएर ४.२ मेगावाट बनाइएको छ । यो जलविद्युत केन्द्रले २०६७ देखि नियमित विद्युत उत्पादन गर्दै आएको छ । यस्तै, विभागले ४।९ मेगावाटको फावाखोला जलविद्युत केन्द्रको प्रवद्र्धक सिवानी हाइड्रो पावर कम्पनीको भुक्तानी रोक्न प्राधिकरणलाई पत्र काटेको छ ।

फावाखोलाले एक वर्षअघि २०७४ कात्तिकबाट नियमित विद्युत उत्पादन गर्दै आएको छ । अन्य प्रवर्द्धक कम्पनीलाई रोयल्टी रकम बुझाउन पत्राचार गरेपछि सम्पर्कमा आउने गरे पनि यी दुई कम्पनीले रोयल्टी बुझाउन अटेर गर्दै आएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.