Now Reading:
नवौ लिगलिगे दौड असोज २८ देखि शुरु, विजेताले ‘श्रीपेच’ पाउने
Full Article 1 minutes read

नवौ लिगलिगे दौड असोज २८ देखि शुरु, विजेताले ‘श्रीपेच’ पाउने

Press_Conference_gorkha

असोज २३, गोरखा । यहि असोज २८ गते पालुङटार नगरपालिकाको लिगलिगकोटमा नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिता हुने भएको छ ।लिगलिगकोट विकास अभियानको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी तिब्र भइरहेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

पर्यटन प्रवर्द्धनसँगै खेल क्षेत्रको विकासका लागि २०६७ साल देखि बर्षेनी प्रतियोगिता गर्दै आएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताउनुभयो । पालुङटार नगरपालिकाको चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किलोमिटर दूरी पार गर्नुपर्ने उक्त प्रतियोगितामा पहिलो हुनेलाई नगद ६० हजार एक सय रुपियाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट राजदुतको व्याच प्रदान गरिने रानाले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको उपाधि विजेतालाई एक रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गरिने आयोजकले जनाएको छ । त्यस्तै दोस्रो हुनेलाई नगद ३५ हजार र तेस्रो हुनेलाइ नगद २५ हजारको साथमा मेडल र प्रमाणपत्र वितरण गरिने अभियानका सचिव सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

नवौ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । सोही दिन समावेशीतर्फ महिलाहरुको पाँच किलोमिटर दौड प्रतियोगितासमेत हुनेछ । सँगै स्थानीय लिगलिगबासीका लागि १३.८ किलोमिटर र स्थानीय विद्यालयका छात्रछात्राका लागि करिव ३ किलोमिटर दौड प्रतियोगिता हुने सचिव न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.