Now Reading:
टि–ट्वान्टी विश्व कपमा नेपालको शानदार जित
Full Article 1 minutes read

टि–ट्वान्टी विश्व कपमा नेपालको शानदार जित

Cricket_T20

असोज २४, काठमाडौं । टि–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपालले पाचौं जित हात पार्न सफल भएको छ ।

चीनले दिएको २७ रनको झिनो चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ११ बलमा विना विकेट लक्ष्य पूरा गर्दै १० विकेटले जितेको छ । नेपालका लागि ओपनर विनोद भण्डारीले ८ बलमा २४ रन बनाउनुभयो । उहाँले ३ चौका र १ छक्का प्रहार गर्नु भएको छ भने प्रदीप ऐरी ४ रनमा अविजित रहनु भएको थियो ।

यसअघि मलेसियामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले नेपालसामु ठूलो स्कोर बनाउन सकेन । चीनले १३ ओभरमा सबै विकेटको क्षतिमा २६ रन मात्रै बनाएपछि नेपालले २७ रनको चुनौति पाएको हो ।

चीनका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेको थिएन । चीनका ३ जना खेलाडीले मात्रै रन बनाउन सकेका हुन् । जसमध्ये होङ जियाङ यानले ११ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिएका थिए । डेङजी माले ५ र चेन जिनफेङले १ रन बनाए ।

चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिएका हुन् । लगतार ५ खेलमा राम्रो जित हात पारेको नेपालले १० अंक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.