Now Reading:
नेशननल लाइफ इन्स्योरेन्सको नयाँ शाखा पाल्पामा
Full Article 40 second read

नेशननल लाइफ इन्स्योरेन्सको नयाँ शाखा पाल्पामा

National_life_insurance

असोज २४, पाल्पा । नेशननल लाइफ इन्स्योरेन्स कम्पनी, पाल्पा शाखाको कार्यालय तानसेनमा उद्घाटन गरिएको छ । सो शाखाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले आज उद्घाटन गर्नुभएको हो ।

कार्यालयको उद्घाटन गर्दै उहाँले बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा मात्र लगानी गरिरहेको बताउनुभयो । उहाँले बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा नभई अब नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले आर्थिक, सामाजिक समृद्धिका लागि सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेशननल लाइफ इन्स्योरेन्सका प्रमुख रामचन्द्र तिवारीले बीमाको महत्वबारे प्रचार गर्न आवश्यक रहेको बताउनुभयो । जिल्लामा पाँच हजार जनाले जीवन बीमा गराएको सो शाखाका प्रमुख उमापति गैरेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.