Now Reading:
‘कालिमाटी तरकारी बजार बन्द गरेर नयाँ बनाउने योजना’
Full Article 1 minutes read

‘कालिमाटी तरकारी बजार बन्द गरेर नयाँ बनाउने योजना’

Press_conference_of_Kalimati

असोज २४, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द गर्नुपर्ने धारणा राख्नुभएको छ । बजारमा अत्यधिक अनियमितता रहेकाले कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको बताउनुभयो ।

कालिमाटी तरकारी बजारमा एउटाले स्टल लिएर अरुलाई नै महंगोमा भाडामा लगाउने क्रम रोक्न मन्त्रालयले ५७ वटा स्टललाई कारबाही गरेको जनाकारी गराउनु भएको छ । तर तीमध्ये २५ वटाले अदालत गई खारेजीविरुद्ध अन्तरिम आदेश ल्याइसकेको मन्त्री खनालले बताउनुभयो ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘मलाइ त के लागेको छ भने कालिमाटी बजार बन्द नै गर्नुपर्छ । हामीले अनुगमन गर्‍यौं । ५७ वटा खारेज भएको थियो । तर अहिले २५ वटाले स्टे अडर लिएर आइसके । अवस्था यस्तो छ । त्यसकारण बन्द नै गर्नुपर्छ भन्ने लागेको छ । हामीले विकल्प पनि खोजेका छौँ ।’

काठमाडौंमा बिक्रीका लागि राखिएका राँगा र भैंसीका मासुमध्ये ९० प्रतिशत खानलायक नभएको मन्त्री खनालको भनाइ छ । पत्रकार सम्मेलनमा उहाँले पाँचवटा राँगाभैंसीको बधशालामा अनुगमन गर्दा चारवटामा न्युनतम मापदण्ड पनि पूरा गरेको नपाइएकाले बन्द गरौं भन्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.