Now Reading:
बुद्ध एयरले तीन वर्षपछि उडानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने
Full Article 40 second read

बुद्ध एयरले तीन वर्षपछि उडानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने

Buddha_air_press_conference

असोज २४, काठमाडौं । बुद्ध एयरले अबको तीन वर्षपछि आफ्ना उडानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने प्रतिबद्धता गरेको छ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी रहेको बुद्ध एयरले जानकारी दिइएको हो ।

एयरलाइन्सका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले अन्तर्राष्ट्रिय उडानलाई नै पब्लिकको रुपमा लैजाने बताउनुभयो ।
बुद्ध एयरले अहिले प्राइभेट कम्पनीको रुपमा बसेर आन्तरिक र क्षेत्रीय उडान भरिरहेको छ । पोखरा बिमानस्थल बनेपछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने बस्नेतले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय उडानको ३० प्रतिशत सेयर मात्र आफूले राख्ने, ३० प्रतिशत रणनीतिक साझेदार र बाँकी हवाइक्षेत्रमा आउन चाहनेलाई दिने बस्नेतको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.