Now Reading:
नवलपरासीकै नमूना प्रसूतिगृह सञ्चालनमा, केन्द्रमा बच्चा जन्माउन आउँदा निःशुल्क एम्बुलेन्स सेवा
Full Article 50 second read

नवलपरासीकै नमूना प्रसूतिगृह सञ्चालनमा, केन्द्रमा बच्चा जन्माउन आउँदा निःशुल्क एम्बुलेन्स सेवा

Health_post

असोज २५, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा जिल्लाकै नमूना प्रसूतिगृह सञ्चालन गरएिको छ ।
सुनवल नगरपालिकाको आर्थिक सहयोगमा नगरपालिका–१ मा प्रसूति गराउनका लागि जिल्लाकै व्यवस्थित रसुविधा सम्पन्न ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याइएको हो ।

यस केन्द्रको बुधबार प्रदेश नं ५ सरकारका प्रवक्ता एवं भौतिक, पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उद्घाटन गर्दै मन्त्री चौधरीले प्रदेश सरकार सबैलाई सहज र व्यवस्थित उपचार सेवा लिने लक्ष्यका साथ अघि बढ्दै आइरहेको बताउनुभयो ।

सुनवल नगरपालिकाभित्रका गर्भवतीले आफ्नै गाउँपालिकामा सहज तरिकाले बच्चा जन्माउन पाउन् भन्ने उद्देश्यले नगरपालिकाले सो केन्द्र सञ्चालनमा ल्याएको नगर प्रमुख भीमबहादुर थापाक्षेत्रीले जानकारी दिनुभयो ।

नगरपालिकाभित्र जोसुकै गर्भवती सो केन्द्रमा बच्चा जन्माउन आउँदा त्यसको लागि निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गरिएको उल्लेख गर्नुभयो । व्यवस्थित र वातावरणनुकूलितसहितको उक्त सेन्टरमा छ जना दक्ष स्टाफ नर्ससहित ११ स्वास्थ्यकर्मी खटाइएकाको छ ।

साथै बच्चा र सुत्केरी महिलालाई आवश्यक पर्ने औषधिको व्यवस्था मिलाइएको छ भने तापक्रम अनुकूल राख्न वातावरण नुकूलितसहितको प्रसूति कक्ष बनाइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.