Now Reading:
जबरजस्ती करणी गरी २० हजार रकम चोरेको अभियोगमा एक युवा पक्राउ
Full Article 40 second read

जबरजस्ती करणी गरी २० हजार रकम चोरेको अभियोगमा एक युवा पक्राउ

balatkar

असोज २५, रुकुम पश्चिम । पुथाउत्तरगंगा गाउँपालिका–५, हुकाम रुकुमपूर्वका ३० वर्षीय सविन भनिने सुविन्द्र घर्ती मगरलाई महिलालाई करणी गरी २० हजार रकम चोरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । घर्तीको साथबाट पीडित महिलाको मोबाइल सेट र नगद १६ हजारसमेत बरामद गरिएको डीएसपी खड्काले बताउनुभयो ।

पीडित महिलाले आफूमाथि जबरजस्ती करणी गरेको र २० हजार नगद चोरेर लगेको उजुरी दिनुभएको छ । घर्तीविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बाँफिकोट गाउँपालिका घर भएकी मुसीकोट नगरपालिकामा बस्ने एक महिलालाई बलात्कार गरी रकम चोरेको अभियोगमा घर्ती पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.