Now Reading:
काठमाडौंमा संस्थानले ल्यायो ५ सय च्याङ्ग्रा, शुक्रबारदेखि बिक्री हुने
Full Article 1 minutes read

काठमाडौंमा संस्थानले ल्यायो ५ सय च्याङ्ग्रा, शुक्रबारदेखि बिक्री हुने

Chyangra

असोज २५,काठमाडौं । नेपाल खाद्य संस्थानले बिहीबार ५ सय च्याङग्रा र १ सय ८० खसी काठमाण्डौंमा भित्राएको छ । आज बेलुकासम्म थप खसीबोका तथा च्याङ्ग्रापनि आइपुग्ने संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिनुभएको हो ।

५ सय च्याङ्ग्रा मुस्ताङबाट र १ सय ८० खसी हेटौँडाबाट ल्याइएको संस्थानले जनाएको छ । च्याङ्ग्रा तथा खसीबोका असोज २६ गते शुक्रबारबाट विक्री वितरण गरिने सापकोटाले बताउनुभयो । उहाँका अनुसार यी खसीबोका तथा च्याङ्ग्रा थापाथलीबाट विक्री वितरण हुने भएका छन् ।

हाल संस्थानले खसीबोकाको प्रति केजी मूल्य ५ सय ३० रुपियाँ र च्याङग्राको मूल्य ७ सय ७० रुपियाँ प्रस्ताव गरेको छ । गत वर्ष खसीबोकाको बिक्री मूल्य प्रतिकेजी ४ सय ५४ रुपियाँ रहेको थियो । यस्तै, संस्थानबाट च्याङ्ग्रा ६ सय ७५ रुपियाँ प्रतिकेजीमा विक्री वितरण भएको थियो ।

यस वर्ष खसीबोकाको बजार मूल्यको भन्दा प्रति केजी १० रुपियाँँ सस्तो हुने सापकोटाले जानकारी दिनुभयो । प्रत्येक वर्ष दशैँतिहारको बेला संस्थानले खसीबोका खरिद गरेर राजधानी ल्याउने र बजार मूल्य भन्दा सस्तोमा बिक्री बितरण गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.