Now Reading:
माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा तनहुँ र खोटाङ्गमा
Full Article 40 second read

माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ्ग सेवा तनहुँ र खोटाङ्गमा

Machhapuchchhre_bank_new_branch

असोज २५, काठमाडौं । माछापुच्छ्रे बैंकले तनहुँ र खोटाङ्गमा ४ शाखा  विस्तार गरेको छ । बैंकले तनहुँको बन्दिपुर गाँउपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार), खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग) मा थप ४ शाखा रहित बैकिङ्ग सेवा विस्तार गरिएको हो ।

माछापुच्छ्रे बैंकको हालसम्म ३३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.