Now Reading:
बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ
Full Article 50 second read

बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ

Rape_case_of_butwal

असोज २५, बुटवल । रुपन्देहीको चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घटना रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजे भएको बताइएको छ । बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्‍याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख गरिएको छ ।

सो जाहेरीका आधारमा प्रहरीले रुपन्देही देवदह नगरपालिका– १० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका–७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ गरेको छ । घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताउनुभयो ।

घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताउनुभयो । पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् । किशोरी पनि चिनजानकै भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.