Now Reading:
घुस लिदैगर्दा रंगेहात पक्राउ
Full Article 40 second read

घुस लिदैगर्दा रंगेहात पक्राउ

असोज २५, पर्सा । ४० हजार घुस रकमसहित शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उपसचिव लालबाबु साह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले वीरगञ्जको चिनीमिल आवास क्षेत्रमा रहेको क्वार्टरबाट घुससहित पक्राउ गरेको हो । जगरनाथपुर गाउँपालिका अन्र्तगत वडा नम्बर –३, बिजवनियामा रहेको श्री नेपाल राष्ट्रिय निम्न माध्यामिक विद्यालयको बैक खाता फुकुवा गर्न साहले घुस लिनुभएको हो ।

विद्यालयको भवन निर्माणका लागि बैंकमा कार्यालयले रकम पठाएको थियो । त्यसरी पठाएको रकमको फुकुवा भने कार्यालयले दिएको थिएन । त्यही रकम फुकुवा गराउन प्रमुख साहले विद्यालय निर्माण समितिका पदाधिकारीमार्फत ४० हजार रकम घुस लिँदै गर्दा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । स्टिङ्ग अप्रेशन अन्र्तगत साहलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.