Now Reading:
रेडपाण्डाको छालासहित ५ जना पक्राउ
Full Article 40 second read

रेडपाण्डाको छालासहित ५ जना पक्राउ

read panda

असोज २६, नेपालगन्ज । रेडपाण्डाको छालासहित ५ जना पक्राउ परेका छन् ।  ५ जनालाई कोहलपुरबाट पक्राउ गरीएको हो । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–४ बाँकेका ४१ बर्षीय थमन दमाई, सोही ठाउँका २८ बर्षीय दीपक सुनार, २१ बर्षीय बलराज ऐडी, कोहलपुर–१ का ४६ बर्षीय बुद्धि शर्मा र कोहलपुर २ निवासी २८ बर्षीय मुकेश दमाई रहेका छन्।

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले बिहीबार कोहलपुर २ मा रहेको एक होटलबाट छालासहित रंगेहात उनीहरुलार्इ पक्राउ गरेको हो। पक्राउ परेकामाथि अनुसन्धान भईरहेको र शुक्रबार डिभिजन वन कार्यालयमा छालासहित अभियुक्तलाई बुझाईने ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.