Now Reading:
उपाधिका लागि आज नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने
Full Article 50 second read

उपाधिका लागि आज नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्ने

ICC team_in_nepal

असोज २६, काठमाडौं । आईसीसी टी–२० विश्वकपका लागि एशिया उपक्षेत्रीय छनोट अन्तर्गत उपाधिका लागि नेपालले आज सिंगापुरबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र सिंगापुरबीचको खेल मलेसियाको बायुमास ओभलमा नेपाली समय अनुसार दिउँसको सवा १२ बजेदेखि शुरु हुने जनाइएको छ ।

सात टोली सम्मिलित प्रतियोगितामा फाइनल खेल हुँदैन । तर, लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ । अहिलेसम्म लिगमा शीर्ष स्थानमा रहेको नेपाल र दोस्रो स्थानमा रहेको सिंगापुरबीच आज उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

दुबै टोली अहिलेसम्म अपराजित छन् र रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ । नेपाल प्रतियोगिताकै सबैभन्दा बलियो टोली हो । नेपालले त्यसैअनुसारको प्रदर्शन पनि गरिरहेको छ ।

यस प्रतियोगितामा नेपाली स्पिनरहरु निकै हाबी भएका छन् । नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेले पाँच खेलमा २० विकेट आफ्नो नाममा दर्ता गराइसकेका छन् । त्यस्तै ललित राजवंशीले १० विकेट लिएका छन् भने बसन्त रेग्मीले २ इनिङमा ५ विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.