Now Reading:
वेल्सलाइ हराउदै स्पेनको जित
Full Article 40 second read

वेल्सलाइ हराउदै स्पेनको जित

Football_winner

असोज २६, काठमाडौं । मैत्रिपूर्ण फुटबलमा स्पेनले वेल्समाथि सहज जित हात पारेको छ । बिहीबार भएको खेलमा स्पेनले वेल्सलाई ४–१ गोल अन्तरले हराएको छ । प्रिन्सिपलिटी स्टेडियममा भएको उक्त खेलमा स्पेनले आठौं मिनेटमा नै पाको अलासरको गोलबाट अग्रता लिएको थियो ।

१९ औं मिनेटमा सर्जिओ रामोसले गोल गर्नुभयो । त्यस्तै, २९ औं मिनेटमा अलासरले दोस्रो गोल गरिसकेपछि पहिलो हाफमा स्पेन ३–० ले अगाडि रह्यो । दोस्रो हाफको ७४ औं मिनेटमा बार्टाले गोल गरेका हुन् ।

निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट मात्र बाँकी छँदा वेल्सका लागि भोक्सले सान्त्वना गोल गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.