Now Reading:
हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरी
Full Article 1 minutes read

हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरी

A Division League Soccer Competition

असोज, २६, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा भएको उक्त खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि दुवैले अङ्क बाँडेका छन् ।

यस खेलसँगै दुवै टोलीले १/१ अङ्क जोडेका छन् । खेलमा हिमालयन शेर्पाका आशिष गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् । सोही मैदानमा आजै हुने दोस्रो खेलमा मनाङ–मस्र्याङ्दी क्लब र ब्रिगेड ब्वाइज भिड्नेछन् ।

सो लिगको विजेताले ५० लाख रुपियाँ तथा उपविजेताले ३५ लाख रुपियाँ प्राप्त गर्नेछन् । त्यसैगरी तेस्रोले २५ लाख रुपियाँ, चौथोले १५ लाख रुपियाँ, पाँचौँले सात लाख रुपियाँ र छैटौँहुनेले पाँच लाख रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यस खेलमा फेयर प्ले टोलीले एक लाख रुपियाँ तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई ५० हजार रुपियाँ र म्यान अफ दि म्याच खेलाडीलाई १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.