Now Reading:
कञ्चनपुर पुग्यो एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समिति
Full Article 1 minutes read

कञ्चनपुर पुग्यो एआईजी धिरु बस्नेत नेतृत्वको छानबिन समिति

AIG_Dhiru_Basnet

असोज २६, कञ्चनपुर । बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको छानबिनका लागि नेपाल प्रहरीले गठन गरेको एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समिति पहिलो पटक कञ्चनपुर पुगेको छ ।

निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले नै प्रमाण नष्ट गर्न भूमिका खेलेको देखिएपछि प्रहरीमाथि नै अनुसन्धान तथा छानबिनका गरिरहेको एआईजी बस्नेत नेतृत्वको छानबिन समिति पहिलो पटक शुक्रबार कञ्चनपुर पुगेको हो ।

बस्नेत नेतृत्वको छानबिन समितिले निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाएर यसअघि नै अनुसन्धान गरिसकेको छ ।

समितिले शुक्रबार घटनास्थल, पीडित परिवारसँग भेटघाट गर्ने र शनिबार जिल्लास्थित अन्य सरोकारवालासँग भेटघाट तथा छलफल गर्ने बताइएको छ ।

कञ्चनपुर घटनाको छानबिनका लागि नेपाल प्रहरीले गएको भदौ ३१ गते एआईजी बस्नेतको नेतृत्वमा चार सदस्य छानबिन समिति गठन गरेको थियो ।

कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि सरकारले भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरि मैनालीको नेतृत्वमासमेत पाँच सदस्य छानबिन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको छानबिन समितिले भने असोज ९ गते गृहमन्त्री राम बहादुर थापा ‘बादल’लाई भेटेर प्रतिवेदन बुझाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.