Now Reading:
स्वारेजको गोलले लिग लिडर बार्सिलोनाको शानदार जित
Full Article 2 minutes read

स्वारेजको गोलले लिग लिडर बार्सिलोनाको शानदार जित

Swarej_

कात्तिक १८, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस लिग ला लिगा फुटबलमा शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले उसैको घरेलु मैदानमा रायो भालेसानोलाई ३–२ ले हराएको हो । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरे । त्यस्तै, ओसुमाने डेम्बेलेले १ गोल गरे । यता, भालेसानोका लागि भने जोसे पोजो र अल्भारो ग्रासियाले गोल गरेका थिए ।

खेलको ११ औं मिनेटमा नै स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको ३५ औं मिनेटमा पोजोले गोल गर्दै भालेसानोलाई १–१ गोलको बराबरीमा पुर्याएका थिए ।

पहिलो हाफमा १–१ गोलको बराबरीमा खेल सकिएको थियो भने दोस्रो हाफमा बार्सिलोनाले २ गोल थप्दा भालेसानोले १ गोल मात्रै गर्न सक्यो । खेलको ५७ औं मिनेटमा ग्रासियाले गोल गरेपछि भालेसानो २–१ गोलले अघि रहेको थियो । तर, भालेसानोले खेलेको अन्त्यतिर आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको थियो ।

८७ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको स्थितिमा पुर्याएका थिए । खेलको ९० औं मिनेटमा बार्सिलोनाका लागि स्वारेजले विजयी गोल गरे । उनले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले खेल ३–२ गोलअन्तरले जितेको हो ।

जित सँगै शीर्ष स्थानमा निरन्तर रहेको बार्सिलोनाले ११ खेलबाट २४ अंक बनाएको छ भने भालेसानोले ६ मात्रै बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.