Now Reading:
अब सरकारको लोकप्रियता बढ्छ : ‘प्रचण्ड’
Full Article 40 second read

अब सरकारको लोकप्रियता बढ्छ : ‘प्रचण्ड’

असोज १९, विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अब जनताका नजरमा लोकप्रिय लाग्ने काम गर्ने बताउनुभएको छ ।

सोमबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ‘प्रचण्ड’ले सरकार आफ्नो उद्देश्यअनुरूपको तयारीमा निरन्तर लागिरहेको बताउनुभयो।

‘यो सरकार आएपछि छिमेकीसँगको सम्बन्धमा ऐतिहासिक परिघटना भएका छन्, राष्ट्रिय हितका ठूला पूर्वाधारको तयारी पनि भएको छ,’ दाहालले भन्नुभयो ‘यस्ता काम गर्दा जनताको नजरमा त्यति लोकप्रिय भइँदो रहेनछ। अब सडकका खाल्डाखुल्डी पुर्न शुरू हुन्छ । अनि जनताले यही सरकार निर्विकल्प रहेछ भन्न थाल्छन् अनि लोकप्रियता बढ्छ।’

उहाँले तत्काल मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना पनि नरहेको बताउनुभयो ।

एकीकृत पार्टीका संगठन टुंग्याउन समय लागेको स्वीकार्दै दाहालले पछिसम्मका लागि सोचेर काम गर्दा ढिला भएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.