Now Reading:
माथिल्लो तामाकोशीको शेयरमा आकर्षण बढ्यो
Full Article 1 minutes read

माथिल्लो तामाकोशीको शेयरमा आकर्षण बढ्यो

Upper_Tamakoshi

कात्तिक १९, काठमाडौं । निजी क्षेत्रका जलविधुत कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविधुत आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ ।

यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म करीब चार अर्ब बराबरको आवेदन परेको छ ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आइतबार साँझसम्म दुई लाख छ हजार ९९१ जनाले रु तीन अर्ब ९९ करोड ७१ लाख बराबरको आवेदन दिएका छन् । कम्पनीले एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो ।

कम्पनीले सोमबारसम्म आवेदन दिने म्याद तोकेको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । “नागरिकको उल्लेख्य सहभागिताले आफूहरुलाई उत्साहित बनाएको र सरकारी स्वामित्वका कम्पनी वा संस्थाप्रति विश्वास रहेकोसमेत पुष्टि भएको छ”, प्रवक्ता डा. न्यौपानेले भन्नुभयो ।

सोमबारसम्म थप रु एक अर्बदेखि डेढ अर्बसम्मको आवेदन पर्नसक्ने सम्भावना रहेको उहाँको भनाइ छ । कम्पनीले निकट भविष्यमा नै रोलवालिङ जलविधुत आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.