Now Reading:
भुटानको मन्त्रिपरिषद्मा अटाए दुईजना नेपाली भाषी
Full Article 50 second read

भुटानको मन्त्रिपरिषद्मा अटाए दुईजना नेपाली भाषी

Bhutani_Minister

कात्तिक १९, काठमाडौं । भुटानमा चुनावपछि मन्त्रिपरिषद् विस्तार भएको छ । प्रधानमन्त्री डा. लोटे छिरिङले १० सदस्यीय टोलीको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।

दश सदश्यीय मन्त्रीमण्डलमा मा दुईजना नेपाली भाषी पनि अटाएका छन् । नेपालीभाषी पनि मन्त्री बनेपछि त्यहाँ रहेका नेपालीहरुलाई केही सहज हुने विश्वास गरिएको छ ।

४७ वर्षीय लोकनाथ शर्मा अर्थमन्त्री बनेका छन् । उनी डुफुचेन तेडिङ निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् । राजनीतिक यात्रा शुरु गर्नुभन्दा अघि उनी सडक सुरक्षा र सवारी प्राधिकरणको क्षेत्रीय प्रमुख रहेका थिए ।

४५ वर्षका जयवीर राई शिक्षा मन्त्री बनेका छन् । उनी पनि नेपाली भाषी हुन् । उनी फुनसोलिङ निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् । उनी सन् २०१३ मा राजनीतिमा प्रवेश गरेका हुन् । राजनीतिमा प्रवेश गर्नुभन्दा अघि उनी सीईओ, कन्सल्टेन्टको प्रमुख, ट्रेनर तथा भुटानको रोयल युनिभर्सिटीका अर्थ क्षेत्रका अधिकारी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.