Now Reading:
कांग्रेसमा गुटको प्रभाव, पौडेल पक्षको छुट्टै भेला
Full Article 40 second read

कांग्रेसमा गुटको प्रभाव, पौडेल पक्षको छुट्टै भेला

Ramchandra_Paudel

कात्तिक १९, काठमाडौं । मंगलबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आन्तरिक छलफल गरेका छन् ।

पौडेल निवास बोहोराटारमा भएको भेलामा उनी पक्षीय नेताहरुले मंसिर पहिलो हप्ता गर्ने भनिएको महासमिति बैठक सर्ने निश्चित भएपछि अब कहिलेका लागि प्रस्ताव गर्ने, अन्तिम चरणमा पुगेको विधानका बारेमा कसरी प्रस्तुत हुनेलगायतका विषयमा छलफल भएको सहभागी एक नेताले बताए ।

मंगलबार दिउँसो बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित विधान मस्यौदा समितिले प्रतिवेदन पेश गर्दै छ । संस्थापन पक्षले महासमिति बैठक लामो समयका लागि सार्ने संभावनाबारे कुराकानी भएको पौडेल निकट तीन नेताको भनाइ छ ।

भेलामा प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, नविन्द्रराज जोशी, प्रदिप पौडेल लगायतका नेताहरु सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.