Now Reading:
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै, नेविसंघ महाधिवेशन बारे छलफल हुने
Full Article 50 second read

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै, नेविसंघ महाधिवेशन बारे छलफल हुने

Nepali_Congress

कात्तिक २०, काठमाडौं । मंगलबार दिउँसो १ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । केन्द्रीय कार्य समितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्नेबारे औपचारिक निर्णय गर्ने बताइएको छ ।

बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय कम हुने भन्दै केही दिन पछाडि सार्न सक्ने बुझिएको छ । कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ गते सम्मका लागि तोकिएको थियो ।

महासमिति बैठक मङ्सिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको छ । बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ ।

बैठकमा भातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशनको मितिको बारेमा समेत छलफल हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो । नेविसंघको दुईवर्षे कार्यकाल समाप्त भएर थप गरिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि त्यसबारेमा पार्टीमा छलफल हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.