Now Reading:
यमपञ्चकको दोस्रो दिन, आज कुकुर तिहार मनाइँदै
Full Article 30 second read

यमपञ्चकको दोस्रो दिन, आज कुकुर तिहार मनाइँदै

Dog_Tihar

कात्तिक २०, काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको दोस्रो दिन मंगलबार घरघरमा कुकुरलाई मीठामीठा खानेकुरा दिएर पूजा गरी कुकुर तिहार मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सवल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको हो ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भन्ने विश्वास पनि रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.