Now Reading:
शेयर कारोबारमा पनि अनलाइन प्रणाली शुरु
Full Article 40 second read

शेयर कारोबारमा पनि अनलाइन प्रणाली शुरु

Nepal_Stock_Exchange

कात्तिक २०, काठमाडौं । शेयर कारोबारमा मंगलबार देखि अनलाइन प्रणाली शुरु हुने भएको छ । अनलाइन प्रणाली लागू भएपछि शेयर किनबेच गर्न शेयर दलालको कार्यालयमा जानैपर्ने बाध्यता हट्नेछ भने घर वा कार्यालयबाटै शेयरको किनबेच गर्न सकिनेछ ।

धितोपत्र दलाल अर्थात ब्रोकरको कार्यालयबाट कारोबार गर्न युजरनेम र पासवर्ड लिनुपर्छ । यसका लागि व्यक्तिगत विवरणका साथै मोबाइल नम्बर र इमेल ठेगाना ब्रोकर कार्यालयमा अनिवार्य रुपमा बुझाउनुपर्नेछ । त्यही युजरनेम र पासवर्डका आधारमा जहाँबाट पनि शेयरको कारोबार गर्न सकिने नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

अनलाइन प्रणाली लागू भएपछि शेयर कारोबारमा नागरिकको पहुँच बढ्नुका साथै शेयर कारोबारका लागि ब्रोकर कार्यालयमा जानैपर्ने बाध्यता हट्ने नेपाल स्टक एक्सचञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Input your search keywords and press Enter.